Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»मध्यपहाडी लोकमार्ग र बलेवा विमानस्थल कालोपत्रको तयारी

    मध्यपहाडी लोकमार्ग र बलेवा विमानस्थल कालोपत्रको तयारी

    गण्डकी खबरगण्डकी खबर७ माघ २०७७, बुधबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सदरमुकाम खण्ड र बलेवा विमानस्थल कालोपत्रका लागि तयारी थालिएको छ । निर्माण कम्पनीको घोषित प्रतिबद्वताअनुसार काम भए दुवै ठूला आयोजना आगामी वैशाखसम्म कालोपत्र हुनेछन् ।

    मध्यपहाडी लोकमार्गको सदरमुकाम खण्डको लामो समयदेखि अलपत्र २५ किलोमिटर सडकको सन्तोषजनकरूपमा काम भइरहेको छ । बलेवा विमानस्थल पनि स्तरोन्नति भएर कालोपत्रको चरणमा छ । यसले जिल्लामा विकास, सुविधा र अवसरमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    लामो समयदेखि कालोपत्र हुन नसकेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा गत मङ्सिर अन्तिम सातादेखि निर्माणले तीव्रता पाएको छ । सम्पर्कविहीन भएका निर्माण व्यवसायीले सदरमुकाम खण्डबाट घोडाबाँधेसम्म झण्डै २०० मजदुर परिचालन गरेका छन् । मध्यपहाडीको कालोपत्रका लागि आवश्यक ठूला पूर्वाधार निर्माण यसअघि नै भइसकेका थिए । सडक चौडा पार्ने, ग्यावियन भर्ने, मेसेरेनरी पर्खाल र नाली निर्माण गर्ने काम अन्तिम चरणमा छन् भने बागलुङ बजारको उपल्लाचौरदेखि कालोपत्रका लागि सब–वश बिछ्याउने कार्य शुरु गरिएको छ ।

    मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयको समन्वयमा निर्माण व्यवसायीलाई अन्तिम चेतावनी दिएपछि लोकमार्गको काम अगाडि बढेको थियो भने नागरिक उड्डयन प्राधिकरणको निरन्तरको समन्वयपछि अहिले बलेवा विमानस्थालको धावनमार्ग कालोपत्रका लागि ग्राभेलको काम भइरहेको छ । अबको जेठभित्र कालोपत्र नगरे निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न आयोजनाले सिफारिस गर्ने चेतावनीसँगै लोकमार्गको जिल्ला सदरमुकाम खण्ड कालोपत्र हुने सङ्केत देखिएको आयोजनाका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिनुभयो । “बागलुङ बजारदेखि घोडाँबाधेसम्म दुई खण्ड रहेकामा बागलुङ बजारदेखि बिहुँसम्म कालोपत्रका लागि धेरै काम भएको छ”, शर्माले भन्नुभयो, “बिहुँबाट घोडाबाँधे खण्डको ठेकेदारले पनि छिट्टै परिणाम दिने गरी काम अगाडि बढाउने बताएको छ ।”

    जिल्लाकै गौरवको आयोजनाका रूपमा रहेको बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने आशा पलाएको छ । धावनमार्ग कालोपत्र हुन नसक्दा दुई वर्ष पहिले केही महिना सञ्चालनमा आएर बन्द भएको विमानस्थलमा अहिले धमाधम कालोपत्रको काम अघि बढाउन थालिएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले विमानस्थल पुनःनिर्माणको काम द्रुतगतिमा भएको जनाएको छ । विमानस्थल आगामी जेठ मसान्तभित्र निर्माण सकेर असारसम्म नियमित जहाज चलाउने तयारीसमेत भएको कार्यक्रम व्यवस्थापक मीनराज ओझाले जानकारी दिनुभयो ।

    विसं २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयवासीले बनाएको ८०० मिटर लामो यो विमानस्थलमा २०४९ सम्म नियमित जहाज चल्दै आएका थिए । विसं २०४८ मा पोखरा–बागलुङ सडक खुलेपछि बन्द भएको थियो । निरन्तर काम भइरहेको र जेठसम्म कालोपत्रको काम सकेर नागरिक उड्डययन प्राधिकरणलाई हस्तान्तरण गरिने निर्माणको जिम्मा लिएको काष्ठमण्डप निर्माण सेवाका साइड इन्चार्ज वासु थापाले जानकारी दिनुभयो । अहिले ग्राभेल, तारबारलगायतका काम धमाधम भइरहेको छ । रु सात करोडमा ठेक्का सम्झौता भएको विमानस्थलको केही पूर्वाधार संशोधनको काम भइरहेको छ ।

    राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको लोकमार्गमा थोरै मजदुर परिचालन गरेकामा स्थानीयवासी रुष्ट छन् । उपल्लो खण्डका निर्माण व्यवसायी सूर्यबहादुर खड्काले मजदुर परिचालनको काम निकै कम भएको र अबको काम भनेको ठूला औजारको मात्रै रहेका कारण १०० मजदुरले मात्रै पुग्ने बताउनुभयो । उपल्लो खण्डको क्रसर उद्योगसमेत शनिबारदेखि सञ्चालनमा आएको छ । तल्लो खण्डको क्रसर उद्योगले एक महिनादेखि कच्चा सामग्री उत्पादन गरिरहेको छ भने खहरे भिरको ढुङ्गा कटानको काम अन्तिम चरणमा छ । अहिले तल्ल्लो खण्डमा समेत जम्मा १०० कामदार परिचालन गरिएको छ ।

    पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना पर्वतले जेठभित्र जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटर सडक कालोपत्र नभएको खण्डमा निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नेसमेत बताएको छ । “यो अन्तिम अवसर हो, अहिले निर्माणकार्य हेर्दा जेठसम्म राम्रै काम हुन्छ भन्ने देखिएको छ”, आयोजनाका इञ्जिनीयर शर्माले भन्नुभयो, “यदि बीचमै काम छाडेर गएको खण्डमा पुनः म्याद थप नहुने र सोझै कालोपत्रका लागि सिफारिस गरेर माथि पठाइनेछ ।” ठेक्का सम्झौता भएको पाँच वर्षपछि कालोपत्रका लागि काम शुरु भएको भन्दै सबैले आयोजना सम्पन्न गर्न सहयोग गर्नुपर्ने लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले बताउनुभयो ।

    कूल एक हजार ७७६ किलोमिटरको लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । सोमध्ये जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी भएको आयोजना कार्यालय प्रमुख मरासिनी बताउनुहुन्छ । बागलुङको ‘लाइफलाइन’को रूपमा जोडिएको सडकमध्ये २५ किलोमिटरको बागलुङ सदरमुकाम खण्ड दुई भागमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौरबाट अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाइ जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरिएको थियो ।

    लोकमार्गको निसीखोला खण्ड जम्मा १७ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । सदरमुकामबाट बिहुँसम्मको खण्डको ठेक्का अवधि यही माघ १२ र बिहुँबाट घोडाबाधे खण्डको ठेक्का मिति माघ ९ गते सकिँदैछ । दुवै निर्माण कम्पनीलाई अन्तिम पटक छ महिनाको म्याद थप्ने आयोजनाको तयारी छ ।

    निरन्तरको दबाब र समन्वयका कारण दुवै आयोजनाले अन्तिम रूप लिनेमा विश्वस्त भएको निर्वतमान सङ्घीय सांसद डा सूर्य पाठकले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.