Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»हात्तीपाइले निवारणमा चुनौती

    हात्तीपाइले निवारणमा चुनौती

    गण्डकी खबरगण्डकी खबर७ माघ २०७७, बुधबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा हात्तीपाइले रोग निवारणमा चुनौती थपिएको छ । १२औँ चरणमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराइसकेको यस जिल्लामा पुनःहात्तीपाइले रोगको जीवाणु भेटिएसँगै थप चुनौती थपिएको हो ।

    हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराइँदै आएको लमजुङमा हात्तीपाइले रोगको अवस्था पत्ता लगाउन गरिएको प्रि ट्रासमिसन एसिस्मेन्ट सर्वेमा राइनास नगरपालिका अन्र्तगतका २६ जनामा हात्तीपाइलेको जीवाणु भेटिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

    कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाले गत पुस २३ गतेदेखि २७ गतेसम्म राइनास नगरपालिका–४ र ६ मा उक्त सर्वे सञ्चालन गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालय र राइनास नगरपालिकाको समन्वयमा दुई वडाका छ वटा क्ल्स्टरमा हात्तीपाइले रोगको जीवाणु भएनभएको पत्ता लगाउन रक्त परीक्षण गरिएको थियो । वडा ४ र ६ मा तीन÷तीनवटा क्ल्स्टरमा ३००÷३०० जनाको रगत परीक्षण गरिएको राइनास नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक लक्ष्मीप्रसाद सेढाईले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षणका क्रममा वडा नं. ४ का १६ जना र ६ का १० जनामा हात्तीपाइलेको जीवाणु देखिएको छ ।

    यसअघि यस जिल्लामा १२आँै चरणमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराईसकेको अवस्थामा पुनःजिल्लामा यस रोगको जीवाणु भेटिनुले हात्तीपाइले रोग निवारणमा चुनौती थपिएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताउनुभयो । हात्तीपाइले रोग निवारणका लागि सरकारले प्रत्येक वर्ष औषधि खुवाउने अभियान सञ्चालन गर्दै आएको छ, तर सबै नागरिकले नियमित औषधि नखाइदिँदा यस्तो समस्या देखापरेको उहाँको भनाइ छ ।

    सर्वेमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखसहित राइनास स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी र कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रका छ जना स्वास्थ्यकर्मीको टोली खटिएका थिए । यस रोगको जोखिम भएका स्थानमा प्रत्येक दुई÷दुई वर्ष यस किसिमको सर्वे गरिने केन्द्रले जनाएको छ । सर्वेमा खटिएको टोलीले रगत परीक्षण गरेर तत्कालै अर्थात् परीक्षण गरेको १५ मिनेटमा हात्तीपाइले पोजेटिभ वा नेगेटिभ के छ त्यसको रिपोर्ट निकाल्ने गर्दछ ।

    मस्र्याङ्दीमा सामुदायिक भवन

    यहाँ एक सामुदायिक भवन निर्माण सम्पन्न भएको छ । उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–७ उस्तामा यहाँका स्थानीय क्लब, आमा समूहलगायत स्थानीय मिलेर रु ५० लाखमा सामुदायिक भवन निर्माण गरेको हो । स्थानीय तेज लक्षिन घलेले भन्नुभयो, “भवनसँगै भान्साघर, भण्डारण कोठा, पानीको धारा, शौंचालयलगायतका आवश्यक संरचना पनि निमार्ण गरिएको छ ।” भवनमा प्रवेश गर्ने गेट स्थानीय तेज घलेले रु एक लाख पाँच हजारमा निर्माण गर्नुभएको छ । छ । त्यस्तै हाल बेलायत बस्दै आउनुभएका प्रेम घलेबाट सामुदायिक भवनमा प्रयोग गर्ने गरी ९७ हजार बराबरको एक थान जेनेरेटर सहयोग प्राप्त भएको स्थानीयको भनाइ छ । यस भवन निर्माण गर्न लागेकोे रकममध्ये २० लाख रुपैयाँ गाउँपालिकाले, यहाँ रहेको सुपर न्यादी जलविद्युत आयोजनाले दुई लाख ५० रुपैयाँ सहयोग र बाँकी रकम चन्दा सङ्कलन तथा जनश्रमदान गरेर सामुदायिक भवन निर्माण गरेको स्थानीय उहाँको भनाइ छ ।

    त्यस्तै आमा बुबाको स्मृतिमो चौतारो निर्माण गरिएको छ । बेँसीशहर नगरपालिका–६ पुमा गाउँका गिरिराज गुरुङले आफ्नै आमाबुबाको स्मृतिमा गाउँमा चौतारो निमार्ण गर्नुभएको छ । हाल काठमाडौँमा बस्दै आउनुभएका गुरुङ र उहाँको परिवारको सहयोगमा दिवंगत आमा मनकाशी गुरुङ र बुबा बुद्धिप्रसाद गुरुङको स्मृतिमा चौतारो निमार्ण गर्नुभएको हो । शिक्षण, पर्यटन व्यवसाय र समाज सेवामा क्रियाशिल रहनुभएका गुरुङले चौतारो निमार्णका लागि डेढलाख बढी लगानी लगानीमा चौतारा निर्माण सम्पन्न गरेको स्थानीय वीरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

    राइनास प्रशासकीय भवन बन्दै

    लमजुङस्थित राइनास नगरपालिका–५ तीनपिप्लेमा यस नगरपालिकाले आफ्नै नगरप्रशासकीय भवन निर्माणलाई तीव्रता दिएको छ । नगरपालिकाको सात रोपनी जग्गामध्ये दुई रोपनी क्षेत्रफलमा प्रशासकीय भवनको निर्माण निर्धारित समयमा सक्ने लक्ष्यका साथ अघिबढेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीले बताउनुभयो । नगरपालिकाको कार्यालय अहिले कृषि सेवा केन्द्र राइनासको भवनबाट नागरिकलाई सेवा प्रवाह गर्दै आइरहेको छ । उक्त भवन साँघुरो र कोठा कम भएका कारण सेवा प्रवाहमा असहज भइरहँदा सेवा प्रवाहमा निकै समस्या हुँदै आएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार गत वर्ष २०७६ असोज २ गते कन्चनजङ्ग निर्माण सेवा कम्पनी इलामसँग सम्झौता गरेको मितिदेखि तीन वर्षभित्र नगरको प्रकाशकीय भवन निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ । तीन तले भवनमा २० वटा कोठा निर्माण हुने छ ।

    हालसम्म १७ वटा कोठा निर्माण भएको र तेस्रो तलामा एउटा बैठक कोठासहित तीन वटा कोठा निर्माण गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

    यस भवनको निर्माण सात करोड रुपैयाँमा स्टेमेन्ट भएकोमा उक्त निर्माण सेवाले २४ प्रतिशत कममा ठेक्का पारेर यस भवन निर्माण गर्न चार करोड ६३ लाख ५७ हजार १७२ रुपैयाँ २० पैसामा सम्झौता गरेर निर्माण गर्दै आएको नगरपालिकाले जनाएको छ । राइनास नगरपालिकाको निर्माणधिन प्रशासकीय भवनमा सबै शाखा अट्ने गरी स्टिमेट भएको जनाइएको छ ।

     

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.