Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»लागुऔषध मुद्दामा पक्राउ परेका अधिकांश कारागार चलान

    लागुऔषध मुद्दामा पक्राउ परेका अधिकांश कारागार चलान

    गण्डकी खबरगण्डकी खबर७ माघ २०७७, बुधबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । झापामा लागुऔषधसँग सम्बन्धित अपराधमा पक्राउ परेका अधिकांश अभियुक्त कानूनी कारवाहीका सिलसिलामा कारागार चलान हुने गरेका छन् ।

    गत वर्ष माघ १ गतेदेखि पुस मसान्तसम्म एक वर्षको अवधिमा यहाँ लागुऔषध मुद्दामा १९९ व्यक्तिलाई कानूनी कठघरामा उभ्याइएकामा १४८ जना कारागार चलान भएका छन् । यसलाई अपराध नियन्त्रणको दृष्टिले सकारात्मक सङ्केतका रुपमा लिइएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार सो अवधिमा ४१ जना मात्र कारागार नगई धरौटीमा छुटेका थिए । पक्राउ पर्नेमा ११ महिला र नौ नाबालक पनि थिए । कारागार चलान हुनेमा सात महिला र छ नाबालक छन् । काँकडभिट्टा सबैभन्दा बढी लागुऔषधको ओसारपसार र अपराध हुने क्षेत्र हो । त्यसपछि भद्रपुर, गौरीगञ्ज, विर्तामोड र दमकमा सो अपराध धेरै हुने गरेको छ ।

    प्रहरी र समुदायको आपसी सहकार्यमा जिल्लामा लागुऔषधको जालो च्यात्न लामो समयदेखि प्रयास हुँदै आएको छ । जिल्लामा सरुवा भई आउने हरेक प्रहरी प्रमुखले लागुऔषधको अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्ने गरेका छन् । सबुत प्रमाणसहित अभियुक्त पक्राउ पर्ने गरेका कारण पछिल्लो समय लागुऔषध अपराध मुद्दामा पक्राउ परेका अधिकांश व्यक्तिले कानूनले तोकेबमोजिमको दण्ड सजाय भोगिरहेको सूचना अधिकारी थापाले बताउनुभयो ।

    गत माघदेखि पुस मसान्तसम्ममा अभियुक्तबाट प्रहरीले डेढ किलो ब्राउन सुगर, २१ किलो गाँजा, नाइट्रोजन ६९७ चक्की, नाइट्रोभेट ३७ चक्की, डाइजोपाम ५२० एम्पुल, लुपिजेसिक ५३१ एम्पुल, फेनारगन ४३७ एम्पुलसहित ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.