Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»भूकम्प प्रभावित ८५ विद्यालय भवन पुनःनिर्माण सम्पन्न

    भूकम्प प्रभावित ८५ विद्यालय भवन पुनःनिर्माण सम्पन्न

    गण्डकी खबरगण्डकी खबर८ माघ २०७७, बिहीबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    file tasbir
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । यहाँ भूकम्पबाट क्षति पुगेका ८५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएका छन् । भूकम्पबाट क्षति पुगेका १२७ विद्यालयमध्ये ६० प्रतिशतको निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ ९शिक्षा० लमजुङले जनाएको छ ।

    सो विद्यालय पुनःनिर्माणका लागि रु ६२ करोड खर्च भएको एकाई प्रमुख अशोक पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार साउदी अरेबियका दूतावासबाट भवन पुनःनिमार्णका लागि आएको रु १२ करोड, गैरसकारी संस्था र विद्यालय व्यवस्थापन समितिमार्फत गरी भवन पुनःनिर्माणका लागि आएको कूल रु एक अर्ब १२ करोडमध्ये उक्त रकम खर्च भएको छ ।

    एक सय २७ विद्यालयमध्ये १६६ भवन पुनःनिर्माण हुने र तीमध्ये ८५ वटा भवनको पुनःनिर्माण सम्पन्न भइसकेको र ८१ भवन निर्माणाधीन अवस्थामा रहेको इकाइ प्रमुख पराजुलीको भनाइ छ । उहाँका अनुसार पुनःनिर्माण सम्पन्न भइसकेका विद्यालय भवनमध्ये २० कोठे भएका तीन वटा विद्यालय भवन गैरसरकारी संस्था गोरखा वेयलफेरयले निर्माण गरेको छ । तीसंस्थाले चार वटा विद्यालय भवनको पुनः निर्माण गुर्नपर्ने छ ।

    साउदी सरकारले बनाउन लागेको चार वटा विद्यालय भवन निर्माणाधीन रहेको इकाई प्रमुख पराजुलीको भनाइ छ । उहाँले भन्नुभयो, “३२ वटा शौचालय निर्माण सम्पन्न भइसकेको छ भने ३६ वटा शौचालय निर्माणाधीन अवस्थामा रहेको छ ।” त्यस्तै, ३७ वटा खानेपानी धारा निर्माण गर्नुपर्नेमा ती सबै निर्माणाधीन अवस्थामा रहेको इकाइले जनाएको छ ।

    चालू आर्थिक वर्षमा ८१ विद्यालय भवन, ३६ शौचालय र ३७ खानेपानी धाराको पुनःनिर्माण गर्ने लक्ष्य लिएको प्रमुख पराजुलीको भनाइ छ । जिल्लामा विद्यालय भवन पुननिर्माण आर्थिक वर्ष २०७३÷७४ बाट शुरु भएको थियो ।

    उक्त आर्थिक वर्षदेखि जिल्लामा पुनःनिर्माण गर्नुपर्ने विद्यालय भवन पाँच वर्ष अवधि रहेकोमा निर्धारित समयमै सम्पन्न हुन लागेको इकाइ प्रमुख पराजुलीले जानकारी दिनुभयो । जिल्लामा कूल ३५२ सामुदायिक विद्यालय रहेकोमा १२७ विद्यालयमा भूकम्पले क्षति पु¥याएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.