Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»बागलुङ र म्याग्दीको सिमानामा हिमाल र सूर्योदय हेर्न बेलढुङ्गा

    बागलुङ र म्याग्दीको सिमानामा हिमाल र सूर्योदय हेर्न बेलढुङ्गा

    गण्डकी खबरगण्डकी खबर८ माघ २०७७, बिहीबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।  जिल्लामा पछिल्लो समय चर्चामा आएको पर्यटकीयस्थल हो बेलढुङ्गा । पाँच वर्ष अघिसम्म गुमनाम रहेको बेलढुङ्गाको विशेषता त्यहाँका स्थानीयवासी पनि निकै कमलाई मात्रै अवगत थियो ।

    देशमा पर्यटनको हुटहुटी चल्दा गाउँगाउँमा पनि नयाँ गन्तव्यको खोजी चल्यो । त्यही क्रममा थप पहिचान, प्रचार र प्रर्वद्धनसहित प्राकृतिक भ्यू टावरको रुपमा बेलढुङ्गाले चर्चा बटुल्न थालेको हो ।

    बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली म्याग्दीको सिमानामा अवस्थित बेलढुङ्गामा दैनिक पर्यटक पाहुना पुग्छन् । मिडिया र सामाजिक सञ्जालमार्फत भएका प्रचारका कारण चर्चामा आएको बेलढुङ्गाबाट दर्जनौं हिमाल र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । बेलको जस्तै आकृतिमा रहेको उक्त ढुङ्गालाई परम्पराकालदेखि बेलढुङ्गा भनिँदै आएको थियो । बेलढुङ्गा गुराँसको वनभित्र रहेकाले चैत वैशाखमा लालीगराँसले राताम्य हुँदा अझ मनमोहक हुने स्थानीयवासीको भनाइ छ ।

    पर्यटकीय गन्तव्य बन्नुमा प्राकृतिक भ्यू टावर मात्र भएर होइन, बेलढुङ्गाबाट आँखै अगाडि देखिने दर्जन बढी हिमशृृङ्खला, हराभरा वनजङ्गलको मनोरम दृश्य यसको प्रमुख आर्कषण हो । म्याग्दी जिल्लाको सिमानाले समेत छोएको बेलढुङ्गाबाट एकाबिहानै खुलेका दन्ते लहर हिमाल र सूर्याेदयले आन्तरिक पर्यटकलाई निकै लोभ्याउने गरेको छ । समुद्री सतहदेखि दुई हजार ६०० मिटरको उचाइमा रहेको बेलढुङ्गा आफैमा प्राकृतिक भ्यू टावर हो । यहाँबाट देखिने हिमशृङ्खला, बागलुङ म्याग्दीका दर्जनांै गाउँ, हराभरा रहेका वनजङ्गल डाँडाकाँडासहितको मनोरम दृश्य अनि सूर्योदय र सूर्यास्तले त्यहाँ पुग्नेलाई आहा भन्न बाध्य तुल्याउछ ।

    बेलढुङ्गा पुग्ने आन्तरिक पर्यटक बढेसँगै धम्जाको ओखलेमा बेलढुङ्गा होम–स्टे (सामुदायिक घरबास) समेत दुई वर्षदेखि सञ्चालनमा छ । सामाजिक सञ्जालमा देखेकैभरमा बेलढुङ्गा भ्रमणमा पुग्नुभएका बागलुङ बजारका दीपक गौतमले बेलढुङ्गा आफूले सोचे भन्दा बढी रमणीय रहेको बताउनुभयो । गत वर्षको वर्षात्ले केही भागमा क्षति पु¥याए पनि पूर्वाधार निर्माणमा केही ध्यान दिनसके अझै आर्कषक गन्तव्य बनाउन सकिने सम्भावना देखिएको उहाँको भनाइ छ ।

    अघिल्लो दिन गौतमसहित बागलुङ बजारबाट धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबास बास बस्न पुगेका एक दर्जन आन्तरिक पर्यटक झिसमिसेमै केही सयम यातायातको साधन र केही पदमार्गसँगै बेलढुङ्गा अवलोकनका लागि पुगेका थिए । बेलढुङ्गाको केही तल देउरालीसम्म मोटरबाटोको पहुँच पुगेको छ । देउराली धुरीबाटबाट झण्डै एक किलोमिटर पदमार्गमार्फत करिब १० मिनेटको यात्रामा बेलढुङ्गा पुगिन्छ । पछिल्लो समय बढेलढुङ्गा घुम्न आउने पर्यटकको सङ्ख्या उल्लेख्य बढेको बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक समितिका सचिव गोपाल श्रीसले बताउनुभयो ।

    “यहाँ घुम्न आउनेले आँखै अगाडि देखिएका हिमाल र सूर्योदय अत्यधिक मन पराएको पाइयो” उहाँले भन्नुभयो “बन्दाबन्दीमा आन्तरिक पर्यटकको धेरै आगमन भयो, अहिले पनि दिन खाली छैन, आउने क्रम जारी छ ।” प्रायःजसो पर्यटक अघिल्ल्लो दिन घरबासमा आएर स्वादिष्ट परिकार र नाचगान गर्ने र भोलिपल्ट बिहानै बेलढुङ्गा अवलोकनका लागि पुग्ने गरेको स्थानीयवासी लोक श्रीसले बताउनुभयो ।

    बेलढुङ्गाको फेद देउरालीमा वनभोजका लागि समेत बागलुङ र म्याग्दीका विभिन्न समूह पुग्ने गरेका छन् । बेलढुङ्गाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरिलगायतका दर्जन बढी हिमाल नजिकै देख्न सकिन्छ । बेलढुङ्गा भन्दा केही तल म्याग्दीको धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रमसमेत रहेको छ । धार्मिक आस्थाका कारण स्वर्गाश्रम पुग्ने सङ्ख्या पनि अधिक छ । बेलढुङ्गाको चर्चासँगै स्वर्गाश्रमलाई पनि थप व्यवस्थित गर्न पहल गरिएको छ ।

    दुवै जिल्लाले स्वर्गाश्रम र बेलढुङ्गा जोडेर पदमार्ग, सडकलगायतका पर्यटकीय पूर्वाधार निर्माण गरेका छन् । बेलढुङ्गाबाट देखिने हिमाल र सूर्योदयले आफूलाई आकर्षित गरेको बागलुङ बजारबाट बेलढुङ्गा पुग्नुभएका आन्तरिक पर्यटक करिश्मा क्षेत्रीले बताउनुभयो । गत असारमा अविरल वर्षासँगै क्षति पुगेको बेलढुङ्गामा नयाँ संरचना निर्माण गर्ने तयारी छ । बेलढुङ्गाबाट देखिने सौन्दर्य त छदैछ । त्यसमा प्राकृतिक सुन्दरता नमेटिने गरी मौलिक खालको चौतारीलगायतका पूर्वाधार निर्माण गरिने स्थानीय अगुवा गोपाल श्रीसले बताउनुभयो ।

    गण्डकी प्रदेश सरकारले बेलढुङ्गाहुँदै पञ्चकोट जोड्ने पदमार्ग निर्माणका लागि समेत चालू आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको छ ।

    बेलढुङ्गामा भत्किएको स्थानमा पर्यटनमैत्री पूर्वाधार निर्माणका लागि केन्द्र सरकार, गण्डकी प्रदेश र काठेखोला गाउँपालिका र नागरिकस्तरमा समेत अभियान थाल्ने तयारीमा रहेको स्थानीयवासी बताउँछन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.