Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»उच्चस्तरीय टोलीद्वारा विवादित मध्यपहाडी लोकमार्ग अनुगमन

    उच्चस्तरीय टोलीद्वारा विवादित मध्यपहाडी लोकमार्ग अनुगमन

    गण्डकी खबरगण्डकी खबर८ माघ २०७७, बिहीबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृग्थीसुब्बा गुरुङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल, प्रधानमन्त्री कार्यालयका पूर्वाधार विज्ञ गजेन्द्र थपलियालगायतको उच्चस्तरीय टोलीले विवादित मध्यमहाडी लोकमार्गको अनुगमन गर्नुभएको छ ।

    सो टोलीले आज यस खण्डको विवादित सुन्दरबजार नगरपालिका–७ पाउँदिदेखि वडा नं ५ थाक्रेबेँसीसम्मको ८ किलोमिटर सडक र मध्यनेपाल नगरपालिकामा पर्ने यस नगरको वडा नं ६ भोर्लेटार र रामबजार खण्डमा अनुगमन गरेको हो ।

    अनुगमन गरेपछि मुख्यमन्त्री गुरुङले यस आर्थिक वर्षभित्रै सुन्दर बजार भित्रमा पर्ने विवादित ८ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै वर्षदेखिको विवादित यस सडक निर्माण हुन जरुरी छ, बाटो निर्माण गर्नुपर्छ तर जनतालाई मर्का नपर्ने गरी बाटो निर्माण हुनेछ ।” बाटो निर्माणमा सबैलाई सहयोग गर्नलाई मुख्यमन्त्री गुरुङले आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो, “सुन्दर बजारका अधिकतम घर बचाउँदै मध्यपहाडी लोकमार्ग निर्माण हुने र स्थानीयलाई समस्यामा पर्न नदिने गरी सडक निर्माण गर्न प्रदेश सरकार प्रतिबद्धता छ ।” यद्यपी यहाँका घर रहेको स्थानमा सडक कति मिटरको हुने भन्नेबारे मापदण्ड भने सरकारले गर्ने र सोही अनुसारको सडक बन्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।
    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलले यस लोकमार्गअन्तर्गत गोरखा, लमजुङ र कास्कीका केही भागमा विवादित रहेको र यसको समाधानको प्रयासमा रहेको बताउनुभयो । यसमध्ये लमजुङमा पर्ने विवादित सडकखण्डमा लोकमार्गको मापदण्डअनुसार बनाउनलाई सम्भव नभएको र यहाँका स्थानीय जनताले थेग्न सक्ने गरी सडक निर्माण हुने आयोगका उपाध्यक्ष कँडेलको भनाइ छ । उहाँले भन्नुभयो, “निर्माण कार्यलाई अघि बढाउने हो, डिपिआर गर्ने र त्यसको आधारमा अघि बढ्ने छौँ ।”

    प्रधानमन्त्री कार्यालयका पूर्वाधार विज्ञ थपलियाले भन्नुभयो, “करिब सात वर्षदेखि विवादित यस खण्डको सुन्दर बजार क्षेत्रमा बुधबार वडाध्यक्ष, नगरप्रमुख, प्रजिअदेखि प्रदेश सांसद, आयोगका उपाध्यक्ष मुख्यमन्त्री सबै जना बैठक बसेर चार घण्टामै विवादित खण्डको डिपियार गर्ने सहमति भएको छ ।” यस लोकमार्ग १ हजार ८७९ किलोमिटरमध्ये बढी विवादित यस जिल्लाको सुन्दर बजार क्षेत्र नै थियो, अब डिपिआर तयार हुने उहाँको भनाइ छ ।

    मुख्यमन्त्री गुरुङसहित प्रदेशसभा सदस्य मायानाथ अधिकारी, धनञ्जय दवाडी, पूर्वसंविधानसभा सदस्य जमिन्द्रमान घले, सुन्दर बजार नगरपालिका प्रमुख तथा वडाध्यक्षलगायत सहभागिता थियो । मध्यपहाडी लोकमार्गअन्तर्गत पहाडी जिल्ला लमजुङमा करिब साढे ४८ किलोमिटर भाग ओगटेको छ । यीमध्ये सुन्दर बजार क्षेत्रमा ८ किलोमिटर र मध्य नेपाल नगरपालिका क्षेत्रमा ३ किलोमिटर गरी ११ किलोमिटर सडक विवादित थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.