Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»बग्दादमा दुई आत्मघाती विस्फोटन,२८ व्यक्तिको मृत्यु

    बग्दादमा दुई आत्मघाती विस्फोटन,२८ व्यक्तिको मृत्यु

    गण्डकी खबरगण्डकी खबर९ माघ २०७७, शुक्रबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोट गराइएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ । विस्फोटमा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

    बग्दादको ताइरन स्क्वाएरमा रहेको प्रयोग भइसकेका कपडाको पुनः विक्री गर्ने बजारमा भएको आक्रमणमा कम्तिमा २८ जनाको मृत्यु भएको र अन्य ७३ जना घाइते भएका स्थानीय अस्पतालका चिकित्सक तथा प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।

    उक्त बजार महामारी नियन्त्रणका लागि झण्डै एक वर्षसम्म बन्द गरी हालै मात्र खोलिएको थियो । इराकी गृहमन्त्रालयको विज्ञप्तिमा प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनिउको छ, “पहिलो आत्मघाती आक्रमणकारी बिरामी भएको अभिनय गर्दै बजारमा आएको र उसलाई हेर्न मानिसहरू भेला भएका समय विस्फोट गराएको थियो भने थप व्यक्ति त्यस ठाउमा पुगेका समय फेरि अर्को विस्फोट गराइएको थियो ।”

    घटनापछि उक्त स्थानमा पुगेका एएफपी फोटोग्राफरले जनाए अनुसार उक्त स्थानलाई तत्काल सुरक्षा बलले घेरा हालेको थियो । उहाँले थप्नुभयो, “टाढाबाट हेर्दा घटनास्थलमा रगतले भिजेका लुगाहरू धुलाम्मे सडकहरूमा फैलिएका देखिन्थे ।”

    घटनास्थलमा तत्काल स्वास्थ्यकर्मीसमेत पुगी दुर्घटनाग्रस्त स्थलबाट घाइतेहरूलाई प्राथमिक उपचारपछि अस्पताल लान सघाएका थिए ।

    बिहीबारको आक्रमण वग्दादमा सन् २०१८ को जनवरीपछिभउको सबैभन्दा रक्तपातपूर्ण घटना थियो । सन् २०१८ मा पनि सोही इलाकामा भएको यस्तै विस्फोटमा ३० व्यक्तिको ज्यान गएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.