गण्डकीसमाचार

पोखरामा कोरोना संक्रमणबाट २५ वर्षीया युवतीको मृत्यु

गण्डकी खबर । पोखरामा कोरोना संक्रमणबाट २५ वर्षीया युवतीको मृत्यु भएको छ ।

पोखरा-१ निवासी २५ वर्षीया संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचारका क्रममा बिहीबार राति ९.५६ बजे मृत्यु भएको हो ।

उहाँमा यही पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको जानकारी गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोद बिन्दु शर्माले दिनुभयो ।

उहाँमा मृगौलको समस्यासहित अन्य दीर्घ रोगहरु समेत रहेको बताइएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३ पुगेको निर्देशनालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button