गण्डकीसमाचार

सगरमाथा आरोही शेर्पाको अन्त्येष्टि

गण्डकी खबर । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्येष्टि गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज स्वयम्भूस्थित समाधिस्थलमा उहाँको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएपछि बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

दोलखास्थित गौरीशङ्कर गाउँपालिका–९ टाँसीनाम निवासी शेर्पाले प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको झण्डा सगरमाथाको शिखरमा पहिलो पटक फहराएर नयाँ कीर्तिमान कायम गर्नुभएको थियो । पर्यटन व्यवसाय र समाज सेवाको क्षेत्रमा निरन्तर सक्रिय शेर्पा दुई पटक सगरमाथाको शिखर चुम्न सफल हुनुभएको थियो ।

सञ्चारमन्त्री गुरुङले स्वर्गीय शेर्पाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । गौरीशङ्कर–९ का वडाध्यक्ष छिरिङ शर्पाले उहाँको निधनप्रति दुुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।

फोक्सोमा समस्या देखिएपछि काठमाडौँको चावहिलस्थित हेल्पिङ हेन्ड अस्पतालमा भर्ना हुनुभएका शेर्पाको यही माघ ७ गते निधन भएको थियो । स्वर्गीय शेर्पाका श्रीमती र तीन छोरा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button