Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»कैलालीस्थित भन्सार कार्यालयले छ महिनामै लक्ष्य नाघ्यो

    कैलालीस्थित भन्सार कार्यालयले छ महिनामै लक्ष्य नाघ्यो

    गण्डकी खबरगण्डकी खबर१० माघ २०७७, शनिबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । कैलालीस्थित भन्सार कार्यालय चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यभन्दा धेरै राजश्व उठाउन सफल भएका छन् । कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलाले छ महिनामा नै वार्षिक लक्ष्यभन्दा सवा रु दुई करोड बढी राजश्व सङ्कलन गरेको छ ।

    खक्रौला भन्सार कार्यालयले आव २०७७÷७८ मा रु छ करोड सात लाख राजश्व उठाउने वार्षिक लक्ष्य राखेकामा पुस मसान्तसम्म साढे आठ करोड राजश्व उठिसकेको भन्सार प्रमुख विमलकुमार शाहले जानकारी दिनुभयो । “हामीले छ महिनामा लक्ष्य नाघेका छौँ, लक्ष्य नाघेर सवा दुई करोड बढी राजश्व सङ्कलन भएको छ”, भन्सार कार्यालय प्रमुख शाह भन्नुहुन्छ, “हामीले सीमामा कडाइ गरेका छौँ, हामीले भन्सार छली रोक्न रणनीतिकरूपमा काम गरिरहेका छौँ, जसले राजश्वमा सुधार आएको छ ।”

    कोरोना सङ्क्रमणपछि सीमानाका खुला नहुँदा मानिस खुलारूपमा सीमापारि आउजाउ गर्न नसक्दा पनि भन्सार कार्यालयलाई फाइदा भएको छ । पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजश्वमा वृद्धि भएको उहाँको भनाइ छ । “पछिल्ला समय खक्रौला नाकाबाट कच्चा पदार्थसमेत भित्रिन थालेका छन्, विगतमा घरायसी सामान किन्न भारत जाने नेपालीले अन्य किनेमेल उतै गर्नाले राजश्वमा प्रभाव पर्ने गरेको थियो”, शाह भन्नुहुन्छ, “हाल नेपालीको बजार नेपाली भएको छ । जसले राजश्वमा समेत सुधार भएको हो ।”

    दुई वर्षअघि मात्र स्तरोन्नति भएको खक्रौला भन्सारले गत आवमा रु पाँच करोड ८० लाख सात हजार मात्रै राजश्व उठाएको थियो । खक्रौला भन्सारबाट कपडा, मोटरपार्टस् र हार्डवेयरका सामान बढी आयात हुने गरेका छन् । यससँगै भारततर्फको सडक राम्रो भई नेपाल सरकारले पशु, वनस्पति र खाद्य क्वारेन्टिन स्थापना गरी पशु, वनस्पति र खाद्य सामग्रीको आयात निर्यातको व्यवस्था गरे अझै राजश्व बढ्ने शाह बताउनुहुन्छ । “सबै सामान यही बाटो आउन सकेको भए राजश्व बढ्ने थियो”, उहाँ भन्नुहुन्छ ।

    धनगढीस्थित कैलाली भन्सार कार्यालयले पनि छ महिनामा लक्ष्यभन्दा बढी राजश्व उठाएको छ । चालु आवको साउनदेखि पुस मसान्तसम्म रु तीन अर्ब ९० करोड राजश्व उठाउने लक्ष्य लिएकामा रु चार अर्ब ३५ करोड राजश्व सङ्कलन भएको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फडेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

    कैलाली भन्सार कार्यालयबाट यो अवधिमा पेट्रोलियम पदार्थ, चामल, गहुँ, पापड, भुजिया, दालमोठ बिस्कुट, आलुजस्ता खाद्य वस्तुको अयात धेरै भएको छ । सरकारले सीमानाकामा रहेका राजश्व कार्यालयलाई व्यवस्थित गरी भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजश्व सङ्कलनमा अझै वृद्धि हुने स्थानीयवासी बताउँछन् । “हामीले यहाँ पशु क्वारेन्टिन स्थापनाको माग गरिरहेका छौँ, पशु क्वारेन्टिन भएको भए यहाँ अझ विकास हुने थियो”, टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला भन्नुहुन्छ, “हामीले नगरपालिकाबाट प्रदेश र केन्द्र सरकारसँग माग गरेका छौँ । यहाँको भन्सारमा आवश्यक सबै पूर्वाधार र कार्यालय स्थापना हुन आवश्यक छ ।”

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.