Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»कनकाईमा विद्युत् शव दाहगृह स्थापनामा पहल शुरु

    कनकाईमा विद्युत् शव दाहगृह स्थापनामा पहल शुरु

    गण्डकी खबरगण्डकी खबर११ माघ २०७७, आईतवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । झापाको कनकाई घाटमा विद्युत् शवदाह गृह निर्माण गर्न पहल शुरुआत भएको छ । अव्यवस्थित दाहसंस्कारबाट वातावरणमासमेत असर पु¥याएको जनाउँदै कनकाई नगरपालिकाले सो पहल शुरु गरेको नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

    कनकाईघाट सञ्चालक समितिलाई आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गर्दै उहाँले नगरपालिकाका तर्फबाट पहिलो चरणमा रु १० लाख उपलब्ध गराउने बताउनुभयो । पवित्र कनकाई नदीको पूर्वी किनारमा रहेको कनकाई घाटको छैटौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले वातावरणको शुद्धतामा जोड दिन र विद्युत् शवदाह गृह निर्माणमा एक जुट हुन सम्बन्धित सबैमा आग्रह समेत गर्नुभयो ।

    “सानो रकम, सबैको सहभागिता व्यवस्थित घाट, हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ २०६७ सालमा स्थापना भएको सो घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा आएको घाट समितिका अध्यक्ष प्रभाखर कडरियाले बताउनुभयो । संस्थाका संस्थापक, आजीवन, संरक्षक र सहयोगी सदस्यबाट प्राप्त रकमबाट दुई शव दाहस्थल निर्माण भएको हो भने विर्तामोड निवासी तिलरुपा खड्काले जगत खड्काको स्मृत्तिमा तेस्रो चितास्थल निर्माण गरिदिनुभएको बताइएको छ ।

    त्यस्तै मारवाडी सेवा समिति विर्तामोडबाट चौथो र विर्तामोड निवासी द्वारिकालाल मित्तलका सुपुत्र प्रदीप मित्तल र परिवारबाट पाँचौ चितास्थल निर्माण भई सञ्चालनमा आएको संस्थाका अध्यक्ष कडरियाले जानकारी दिनुभयो ।

    उहाँले कोटीहोम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै हालसम्म निर्माण भएका संरचनाको संरक्षण साथै सरसफाइमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.