गण्डकीसमाचार

आज २४ घण्टामा २७० कोरोना सङ्क्रमित थप, सातको मृत्यु

गण्डकी खबर । गत २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २७० सँगै हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ६९ हजार ४५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप सात जनाको कोरोनाबाट मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या दुई हजार एक पुगेको छ । पछिल्लो २४ घण्टामा ४०३ जना कोरोना निको भएर फर्किएसँगै कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६४ हजार १३७ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button