गण्डकीसमाचार

बागलुङमा जीप दुर्घटना हुँदा पाँच जना घाइते

गण्डकी खबर । बागलुङमा आइतबार बिहान जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।म्याग्दीको बेनी बजारबाट बागलुङ जिल्लाको बागलुङ बजार जाँदै गरेको ग १ ज ६७४४ नं को जीप बागलुङ नगरपालिका-५ मालिकामा दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका हुन् ।

दुर्घटनामा परी घाइते हुनेहरुमा म्याग्दी जिल्ला बेनी नगरपालिका-२ गौस्वारा निवासी ३० वर्षीया टीका कुमारी रिजाल, सोही ठाँउ निवासी ५५ वर्षीया गंगा रिजाल, ४० वर्षीया कमला कुमारी रिजाल, १६ वर्षीया बालिका कुसुम रिजाल र ४४ वर्षीया भवानी खत्री खड्का रहेका छन् ।

उनीहरुको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

जीप सडकबाट १० मीटर तल दुर्घटनाग्रस्थ भएको हो । जीप र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button