गण्डकीसमाचार

गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा २८५७ औं सोनाम ल्होछारको शुभकामना

गण्डकी खबर । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले नेपालका आदिवासी जनजाति तामाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व २८५७ औं सोनाम ल्होछार पर्वको सुखद उपलक्ष्यमा गण्डकी प्रदेशबासीलगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।

यस वर्ष मुसा वर्गको बिदाइ गरी गाई वर्गको स्वागतमा सोनाम ल्होछार पर्व मनाइँदैछ । यो पर्व नेपालका तामाङ, ह्योल्मोलगायतका आदिवासी जनजाति समुदायले समेत मनाउने गर्दछन् । नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक विविधता भएको मुलुक हो । यस्ता सांस्कृतिक चाडपर्वले आम नेपालीबीचको राष्ट्रिय एकता र आपसी सद्भावलाई बलियो बनाएका छन् ।

यस पर्वले नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रिय एकता र सहमतिका लागि सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना प्रदेश प्रमुख शेरचनले व्यक्त गर्नुभएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button