गण्डकीसमाचार

प्रतिनिधिसभा विघटन : आजदेखि रिट निवेदकबाट जवाफी बहस हुँदै

गण्डकी खबर । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज (शुुक्रबार) देखि रिट निवेदकले जवाफ दिने भएका छन् ।

कानुन व्यवसायीहरुको बहस सकिएकाले आजदेखि रिट निवेदकहरुले जवाफ दिने सर्वोच्च अदालतले जानकारी दिएको छ । प्रधानमन्त्रीको तर्फबाट अर्थात् रिटविरुद्धमा गएको माघ १९ गतेदेखि बहस शुरु भएको थियो । आज रिट निवेदकहरुले सरकारी पक्षबाट उठेका प्रश्नको जवाफ दिनेछन् ।

रिट निवेदकको तर्फबाट बहस सकिएपछि एमिकस क्यूरीको बहस शुरु हुनेछ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अबको एक हप्ताभित्र फैसला आउने सम्भावना रहेको सर्वोच्च अदालतले बताएको छ ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको खारेज र संसद पुनस्र्थापनाको माग राखेर सर्वोच्चमा १३ वटा रिट परेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button