गण्डकीसमाचार

अदालतप्रति शंका छ, पौडेल– ‘संसद पुनर्स्थापनाबारे अदालतले अन्यथा फैसला गर्ने ठाउँ छैन’

गण्डकी खबर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनर्स्थापनाको विकल्प नभएको बताएका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुस्तक ‘गुमनाम आमाहरू’ को शनिबार काठमाडौंमा लोकार्पण गर्दै पौडेलले यस्तो बताएका हुन् ।

उनले सर्वोच्च अदालतले अन्यथा फैसला गर्नसक्ने हो की भन्ने आशंका ब्यक्त गर्दै भने,- ‘अदालतले अर्कै फैसला गर्ने हो की भनेर सोच्नुपर्ने अवस्था छ, तर त्यसका लागि कँहि ठाउँ नै छैन ।’

संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासघात गरेको वरिष्ठ नेता पौडेलको आरोप छ । संविधानको धारा ७६ को ७ अनुसार मात्रै संसद विघटन गर्ने प्रावधान राख्ने विषयमा स्यवम ओलीले सहमति गरेको उनले बताए । कार्यक्रममा पौडेलले भने ‘संविधान विपरीत संसद विघटन गरेर ओलीजीले विश्वासघात गर्ने काम गर्नुभयो ।’

त्यसैगरी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सहिदहरुको बलिदानबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई किच्न सकिन्छ भन्ने भ्रममा रहेको बताएका छन् । प्रचण्डले यो भ्रमबाट छिटो मुक्त हुँदा राम्रो हुने पनि बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button