गण्डकीसमाचार

काठमाडौंमा दुईजना मृत अवस्थामा फेला

गण्डकी खबर । काठमाडौंमा दुईजना मृत अवस्थामा फेला परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका ६, मूलपानी लालीगुराँस टोलमा डेरा गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका ४, घर भएका ३७ वर्षीय दीपेश लामा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं महानगरपालिका ८, स्थित वाग्मती खोला किनारमा सोही महानगरपालिका ७, मैजुबहाल डेरा गरी बस्ने सिन्धुपाल्चोक हेलम्बुका ४५ वर्षीय रजुनमान श्रेष्ठ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button