समाचार

हाईड्रोपावरमा काम गर्ने २९ बर्षीय मगरको पाइपले लागेर मृत्यु

गण्डकी खबर । अरुण भ्याली हाईड्रोपावर कम्पनी पाँचथरमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मीकाे सत्यवती गाऊपालिका २ का २९ बर्षीय मोहन राहादी मगर रहेका छन् ।

हिलिहाङ गाऊपालिका १ मारहेको साे कम्पनीमा बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाई भएको अन्दाजी ४ टन वजन भएको फलामको पाईप बा३क ३८४५ नम्बरको क्रेनले उठाउने क्रममा क्रेनको साङली चुडिन गई मगरको घाटीमा पाईपले लागी घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएकाे प्रहरी टोलीले क्रेन अप्रेटर बाराकाे सखुवाघाट गाऊपालिका ७ का २८ बर्षीय अनिल लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेकाे जनाइएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button