समाचार

नेपालमा पनि भित्रियो मनसुन :जल तथा मौसम पूर्वानुमान

गण्डकी खबर । नेपालमा गत वर्षभन्दा तीन दिन अघि यस वर्षको मनसुन भित्रिएको छ । नेपालमा मनसुन शुरु हुने औसत मिति जुन १३ तारिख मानिन्छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले शुक्रबारबाट नेपालमा मनसुन भित्रिएको जानकारी दिँदै मनसुन भित्रिएका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने योग रहेको छ ।

पूर्वी भेगबाट मनसुन भित्रिएकामा शुक्रबार काठमाडौँलगायत क्षेत्रमा पनि वर्षा भएको छ । देशका सबै भागमा मनसुन फैलन भने अझै दुईदेखि चार दिन लाग्ने प्रक्षेपण मौसमविद्को छ ।

यस वर्ष देशका अधिकांश भागमा विगत वर्षभन्दा धेरै वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् । नेपालमा सामान्यतया चार महिना मनसुन रहन्छ ।

बढी वर्षाले बाढी र पहिरो निम्तिने तथा जनधनको क्षति हुने खतरा भएकाले त्यसको न्यूनीकरणका लागि अहिलेदेखि नै ध्यान दिन मौसमविद्ले सुझाएका छन् ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button