समाचार

कांग्रेस सभापति देउवाको आह्वानमा पदाधिकारी बैठक बस्दै

गण्डकी खबर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा आज (शनिवार) पदाधिकारी बैठक बस्दैछ ।

शनिबार दिउँसो २ बजे बूढानीलकण्ठस्थित आफ्नै निवासमा देउवाले बैठक बोलाउनुभएको हो ।

बैठकमा पार्टीको महाधिवेशन र समसामयिक राजनीतिक बिषयमा छलफल हुने सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो ।

कांग्रेसले आगामी भदौमा गर्ने गरी पार्टीको महाधिवेशन तय गरेको भए पनि कार्यतालिका भने प्रभावित भएको छ। कोरोना महामारीका कारण पार्टी महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि सभापति देउवाले यस बिषयमा छलफल गर्न बैठक बोलाउनुभएको हो ।

पार्टीको महाधिवेशन समयमै गर्न सभापति देउवालाई नेताहरुले दबाब दिईरहेका छन् भने, संविधानतः आगामी भदौमा महाधिवेशन नभए कांग्रेसको वैधानिकतामा पनि प्रश्न उठ्ने देखिन्छ।

यसअघि कांग्रेसका आधा दर्जन बढी केन्द्रिय सदस्यहरुले बैकल्पिक माध्यामबाट भएपनि भदौमा महाधिवेशन गर्नका लागि पहल कदमी लिन सुझाव दिएका थिए ।

देउवाले यसअघि आफू पार्टीको महाधिवेशन गर्न प्रतिवद्ध रहेको समेत दाबी गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button