समाचार

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

गण्डकी खबर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिएका हुन् ।

बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने मुख्यसचिव पौडेलले बताए ।

कांग्रेसले बैैठकमा सहभागी हुनका लागि पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button