
आज मिती २०७८ साल साउन २२ गते शुक्रबार । ईश्वी सन् २०२१ अगष्ट ०६ तारिख ।
नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु ।
श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– त्रयोदशी,बेलुकी ०५ बजेर २५ मिनेट उप्रान्त चतुर्दशी ।
सूर्योदय बिहान ०५ बजेर ३० मिनेट,
सूर्यास्त बेलुकी ०६ बजेर ४८मिनेट ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज तपाईको दिन राम्रो छ गर्न खोजेका राम्रा कामहरु सम्पन्न हुने योग रहेको छ।
पुराना तथा बिग्रेका कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ ।
समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।
प्रयत्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछन् भने दैनिक उपभोग्य बस्तुको व्यावसाय फस्टाएर जानेछ ।
दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समयको ख्याल नगरि काम गर्दा समस्या निम्तिन सक्छ ध्यान दिनुहोला ।
पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ ।
दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवस्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन ।
व्यापार व्यावसायमा नाफा कमाउँन बढिनै समय खर्चिन पर्ने देखिन्छ ।
स्वास्थ्यमा समस्या आउन सक्छ बिशेस ध्यान दिनुहोला
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ
भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।
मन परेको मानिस तथा जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिनेछ ।
तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
माया प्रेममा सामान्य मनमुटावको अवस्था सिर्जन हुँन सक्छ ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज तपाईको दिन राम्रो छ । पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ ।
न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् ।
शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ ।
नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ ।
आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
भौतिक तथा मानव निर्मित स्रोत साधनको परिचालन गरि आम्दानि गर्न सकिनेछ ।
सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ ।
व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा सामान्य खटपट अवस्था सिर्जन हुँन सक्छ ध्यान दिनुहोला ।
बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आज तपाईको दिन भनेजस्तो छैन तर धैर्य गर्नुहोस नराम्रो समय सधै रहिरहदैन।
खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।
घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला ।
माया प्रेम तथा पति पत्निबिच सामान्य मनमुटाव बढ्ने योग रहेकोछ ध्यान दिनुहोला ।
कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आज तपाईको दिन रमाईलो तरिकाले व्यतित हुने छ ।
छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राका क्रममा साथिभाई
सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ ।
आफन्त तथा निकट सम्बन्ध भएका मानिससँग छुट्टिनुपर्दा मन खिन्न रहनेछ ।
आफु भन्दा ठुला मानिसको सुझाब तथा सल्लाह लिएर अगाडि बढ्न सके गन्तब्यमा पुग्न सहज हुनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आज तपाईको दिन धेरै राम्रो छ । अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ ।
सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ ।
पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धर्म कर्ममा मन जानेछ। धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ ।
राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।
नयाँ प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ ।
परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ ।
बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अरुकै काममा समय व्यतित हुने छ ।
खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ ।
स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ
भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ ।
माया प्रेममा सामान्य मनमुटावको अवस्था सिर्जन नहोला हुँन सक्छ ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आज तपाईको दिन एकदमै राम्रो छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ ।
खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको
सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ ।व्यापार व्यावसाय फस्टाएर जानेछ ।
बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आज तपाईको दिन फलदायी रहने छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने
आएस्रोतका बाटाहरु फराकिला हुनेछन् ।समय तथा परिस्थितिले रोजगारि दिलाउनेछ ।
अध्ययन तथा अध्यापनमा मन जाने हुनाले बिद्यार्थीहरुका लागि आजको दिन फलदायि रहनेछ ।
धर्म,सस्कृती तथा नया नया ज्ञानको खोजी गर्ने काममा समय दिन पाउदा मन प्रशन्न रहनेछ ।
माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।



