समाचार

इजरायल पठाई दिन्छु भन्दै व्यक्ति र संस्थाबाट ठगि धन्दा सुरु

गण्डकी खबर । वर्षौ पछी पुन: खुलेको इजरायलको रोजगारीमा ठगि धन्दा सुरु भएको छ ।

इजरायलमा एक हजार जनालाई रोजगारी खुलेको एक हप्तामै विभिन्न व्यक्ति र संस्थाबाट प्रलोभन देखाएर ठगी धन्दा सुरु

भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

केही दिनयता सामाजिक सञ्जालमा विभागबाहेक अर्को पक्षले २५० आवेदकलाई परीक्षा उत्तीर्ण गराइदिने भन्दै बोलेको एक

अडियो नै सार्बजनिक भएपछि विभागको ध्यानाकर्षण भएको हो ।

निक्कै आकर्षक रोजगारीको गन्तव्य मानिएको इजरायलमा आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारी भ्रम फैलाई रकमसमेत

उठाउने कार्य भइरहेको अडियोबाट अनुमान लगाउन सकिन्छ ।

उक्त अडियो सार्वजनिक भएपछि विभागले यस्ता अनधिकृत समूह र व्यक्ति पहिचान गरी कारबाही गर्ने तयारी भइरहेको

पनि उनले जानकारी दिए ।

उनले इजरायलमा केयरगिभर श्रमिक पठाउने विषयमा सरकारसँग आफ्नो सम्झौता भएको भन्दै

सामाजिक सञ्जालमार्फत आवेदन माग गरेर गलत प्रचारप्रति युवालाई सचेत रहन आग्रह गरे ।

यस विषयमा बिभागले निकालेको प्रेस विज्ञप्ति यस प्रकार छ :

(विज्ञप्ति (इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा पठाइने कामदार छनौट प्रकृयाको सम्बन्धमा स्पष्ट पारिएको)

नेपाल सरकार र इजरायली सरकारबीच मिति २०७७ असोज १४ गते भएको श्रम सम्झौता तथा Implementation

Protocol अनुरुप इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रुपमा पठाउन तोकिएको योग्यता पुगेका

इच्छुक नेपाली नागरिकहरुवाट मिति २०७८ साउन १२ गतेको राष्ट्रिय दैनिक गोरखापत्रमा २१ दिने विज्ञापन प्रकाशन गरी

विभागको वेबपोर्टल ferms.dofe.gov.np मार्फत आवेदकहरुको online registration लिने प्रकृया प्रारम्भ गरिसकिएको छ।

इजरायलमा केयर गिभर छनौट गरी पठाउन नेपाल सरकारसँग आफ्नो सम्झौता भएको छ भनी केहि सामाजिक सञ्जाल

प्रयोग गरी आवेदन दिने व्यक्तिहरुलाई प्रलोभनमा पारी भ्रम फैलाई रकम समेत उठाउने कार्य भइरहेको भन्ने समाचार प्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ।

इजरायलका स्याहार केन्द्रहरुमा पठाईने कामदारको छनौट प्रकृयामा कुनै पनि निजीक्षेत्र, म्यानपावर कम्पनी, कन्सल्टेन्सी,

एजेन्सी एवं व्यक्तिको कुनै प्रकारको भूमिका र संलग्नता रहने छैन, केवल नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौता अनुसार छनौट गरिनेछ ।

अंग्रेजी भाषाको परीक्षाबाट छनौट भएका मध्येलाई अन्तर्वातामा बोलाइने छ। अन्तर्वाताबाट छनौट भए पछि रोष्टरमा नाम समावेश गरी कामदार छनौटका लागि इजरायल पठाइने छ।

कामदार छनौट प्रकृया पूर्णरुपले निष्पक्ष हुनेछ।

नेपाल सरकार र इजरायली सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलका केयर गिभर सेन्टरमा पठाइने नेपाली

सहयोगी कामदार छनौटका लागी कुनै पनि व्यक्ति तथा निजी संस्थासँग सम्झौता नभएको तथा अनुमती प्रदान नगरिएकोले

यस प्रकारको भ्रमपूर्ण समाचारमा विश्वास नगर्न र राहदानी लगायत कुनै पनि कागजात तथा रकम नबुझाउन अनुरोध गरिन्छ ।

कोही कसैले यस प्रकारको कृयाकलाप गर्ने प्रयास गरेको पाईए सोको प्रमाण सहित वैदेशिक रोजगार विभाग वा जिल्ला

प्रशासन कार्यालयलाई जानकारी गराउनुहुन समेत सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।

साथै कामदार छनौट प्रक्रियामा सहभागी हुन इच्छुक योग्य आवेदकहरुलाई विभागको वेवसाइट https://dofe.gov.np मा

उपलव्ध सूचना अध्ययन गरी https://ferms.dofe.gov.np माफर्त तोकिएको म्याद भित्र Online Registration गर्नुहुन अनुरोध गरिन्छ।

महेन्द्रनाथ भट्टराई

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button