समाचार

पोखरामा हराएको स्कुटर खोजतलास गरेर प्रहरीद्वारा सवारी धनीलाई हस्तान्तरण

गण्डकी खबर । पोखरामा गत असारमा हराएको स्कुटर कास्की प्रहरीले खोजतलास गरेर सवारी धनीलाई शुक्रबार बुझाएको छ ।

पोखरा महानगरपालिका १७ हिमालीटोल बस्ने विष्णु माया थापाकाे ग ४ प ६७४९ नं को स्कुटर हराएको थियाे । सवारी धनी

थापाले स्कुटर हराएकाे भनी असार १९ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिनु भयो ।

प्रहरीका अनुसार स्कुटर हराएको निवेदन पश्चात् खोजतलास गर्दा असार २५ गते अस्थायी प्रहरी विट नदिपुरबाट खटिएको

प्रहरी टोलीले पोखरा १ नदिपुरबाट फेला पारी जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएकोमा थियो ।

सो स्कुटर शुक्रबार सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरिएको सो कार्यालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button