
गण्डकी खबर । उदयपुरमा बधेमानको सुँगुरको मुर्ति बनाइएको छ ।
उदयपुरको बेलाका नगरपालिकाले वडा नम्बर ७ मैनामैनी मूलगाउँमा १२ फिट अग्लो र १६ फित लामो सुँगुरको मुर्ति बनाएको हो ।
नगरपालिकाले उक्त मुर्ति निर्माण गर्न ६० लाख रुपैया बजेट खर्चेको हो । दशैँ सम्ममा उद्घाटन गर्ने उदेश्यले उक्त मुर्तिको अन्तिम चरणमा काम भइरहेको छ ।
राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको डिजाइनमा धनु याख्खा कलाकारले सुँगुरको मुर्ति बनाएका हुन् ।
हाल मुर्तिको काम अन्तिम चरणमा पुगेको छ ।
मुर्ति रहेको स्थानमा थप २० लाख रुपैयाको लागतमा पार्क पनि निर्माण हुने नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिए ।
यस स्थानमा सुँगुरको मुर्ति बनाउनुको कारण पनि रहेको छ ।
यस ठाउँबाट बराह (बँदेल) हाम फालेर बराह क्षेत्रमा पसेको भन्ने किम्बदन्ती रहेछ। सोही अनुसार बराहको मूर्ति बनाउने निर्णय
भएको हो। यो संगै मैनामैनीमा पर्यटकको लागि थप आकर्षण बढ्ने अनुमान गरिएको छ ।



