
गण्डकी खबर । २०७७ सालको एसईई परीक्षाको नतिजा आज शनिबार प्रकाशित भएकाे छ ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने गरी नतिजा प्रकाशन भएकाे परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
विद्यालयले आन्तरिक मूल्यांकन गरेर पठाएको नतिजा प्रमाणित गरेर प्रकाशन गरिएकाे हो ।
नेपाल टेलिकममार्फत् १६००, एनसेलबाट १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ ।
त्यसैगरी इजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालिमार्फत् ३५००१ मा एसएमएस
गरेर पनि नतिजा हेर्न सक्ने जनाएको छ ।



