
गण्डकी खबर । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सिजन ३ ले फाइनालिस्ट प्रतिभा पाएको छ ।
शुक्रबार साझ भएको भोटिङको रिजल्ट अनुसार द भ्वाइसले टप ४ प्रतिभाहरु पाएको हो ।
सेमिफाइनलमा द भ्वाइसको फर्म्याट अनुसार चार कोचहरुबाट एक एक जना प्रतिभाहरु फाइनलका लागि छानिएका हुन् ।
टिम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् ।
टीम प्रमोदबाट सिक्किमका रवि गहतराजलाई उछिन्दै अमेरिकाबाट आएका किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् ।
टीम राजुबाट काठमाडौका सोनाम शेर्पालाई उछिन्दै बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छिन् ।
त्यस्तै टीम दीपबाट बुटबलका गोविन्द पुनलाई उछिन्दै दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका छन् ।
एसएमएस र प्रभु पे मार्फत देश विदेशबाट एक साता गरेको भोटिङका आधारमा यी फाइनालिस्टहरु छानिएका हुन् ।
आज शनिबार हुने ग्राण्ड फिनालेमा पब्लिक भोटको आधारमा द भ्वाइस अफ नेपाल सिजन ३ को बिजेता घोषणा हुने



