समाचार

देशभर आज थप ३६५१ जनामा कोरोना पुष्टि, २२ को मृत्यु

गण्डकी खबर । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५९४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा

३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ४४५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ६०९ जना र ६ हजार १४९

जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा अहिले सम्म कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ८७ हजार ६ पुगेको छ ।

भने पछिल्लो २४ घण्टामा १ हजार७ सय ८४ जना कोरोना संक्रमण मुक्त  भएर घर फर्किएका छन् ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २२ संक्रमितको मृत्यु भएको छ ।

अहिले सम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button