
२०७८ साल साउन २६ गते मंगलबार । ईश्वी सन् २०२१ अगष्ट १० तारिख ।
नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।
श्रावण शुक्लपक्ष । तिथि– द्वितीया, बेलुकी ०६ बजेर १० मिनेट उप्रान्त तृतीया ।
सूर्योदय बिहान ०५ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४४ मिनेट ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सामान्य बिवादले अफ्टेरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला ।
पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् ।
अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ ।
माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउन सक्छ ।
व्यापार व्यावसायमा मन्दि आउनेछ भने आर्थिक संकटको सामाना गर्नुपर्नेछ ।
बिलाशी तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्ने हुन सक्छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पढाई लेखाईमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ ।
माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ ।
भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । गरेका काम अधुरा रहने योग रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
नयाँ कार्ययोजना बनाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ भने
व्यापारमा गरिएको लगानिबाट भनेजस्तो लाभ हुनेछ ।
पढाई लेखाईमा बिशेष चासो बढ्नेछ भने प्राबिधिक शिक्षामा सफलता हात लाग्नेछ ।
समाजमा सानो काम गरि नाम कमाउन सकिनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।
स्वास्थ्य सबल रहने हुनाले राम्रा तथा उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा
गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ ।
स्कुल,कलेज तथा शैक्षिक क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नुहुनेछ ।
माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ ।
मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ ।
स्वास्थ्यमा सामान्य खराबी आउन सक्छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दिनुहोला ।
पढाई लेखाईमा मन नजाद अरु भन्दा पछि परिनेछ ।
आमा तथा आफन्तबाट टाडिएरु लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ ।
कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानि गर्न सकिनेछ ।
घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
दाजुभाई तथा छिमेकिको सहयोगले परिणाममुखि काम गर्न सकिने समय रहेकोछ ।
तपाईले शुरु गरेको काममा सबैको सहयोग तथा समर्थन रहनेछ । काम गर्ने शैलि
परिवर्तन गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ
। अदालति तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने पुराना
बिवादहरु साम्य गर्न सकने समय रहेकोछ ।
माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै गन्तब्य पहिल्याउन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ ।
बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ ।
माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ ।
पारिवारिक तथा सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
तपाईको बिरुद्ध नकारात्मक सोच्नेहरू आफै किनारा लाग्नेछन् ।
कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ ।
राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ ।
नया प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ भने घर
परिवार तथा आफन्तजन सँग राय बाजिनेछ ।
आर्थिक अभावमा बिभिन्न अवसरहरु गुम्नेछन् भने
व्यापार व्यावसायमा समय लगानि गरेपनि आम्दानि कमनै हुनेछ ।
बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ ।
मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् ।
दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ ।
बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ ।
कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार व्यावसायमा आम्दानि गर्न सकिनेछ ।
राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ ।
सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।
पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सीर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ ।
आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ ।
धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ ।
आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ ।
तपाईको दिन शुभ रहोस् ।



