समाचार

हार्डवेयर पसलमा आगलागी हुँदा ४० लाख बराबरको क्षति

गण्डकी खबर । सर्लाहीको ईश्वरपुर नगरपालिका–१, चौलिखा बजारमा रहेको सञ्जय हार्डवेयर पसलमा गए राति आगलागी हुँदा करिब ४० लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट पसलमा रहेका ४० लाखभन्दा बढी मूल्य बराबरका इनामेल पेन्टलगायत हार्डवेयरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय व्यापारी सञ्जय साहले सञ्चालन गर्नुभएको हार्डवेयर पसलमा गएराति करिब १ बजेको समयमा आगलागी भएको जिल्ला

प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो ।

पसलमा आगलगी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रहरी, स्थानीयवासी तथा बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button