समाचार

प्रदेश नं १ मा १०७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा एक हजार ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

एक हजार ६२० को पिसिआर परीक्षण गर्दा ५२८ र एक हजार ७५३ को एन्टिजेन परीक्षण गर्दा ५४३ गरी एक हजार ७१ मा

सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १८१ मध्ये विराटनगरमा ४२, झापामा १७९, सुनसरीमा १३७,

धनकुटामा १०, इलाममा पाँच, उदयपुर र सङ्खुवासभामा तीन-तीन, पाँचथर र भोजपुरमा दुई-दुई र प्रदेश बाहिरका छ जनामा

सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ४५५ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २२२ महिला र २३३ पुरुष छन् ।

सोही अवधिमा कोरोना सङ्क्रमणका कारण दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button