समाचार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए पदबाट राजीनामा

गण्डकी खबर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएका छन् ।

प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव पेस हुनुअघि नै उनले प्रदेशप्रमुख अमिक शेरचनलाई राजीनामापत्र बुझाएका हुन् ।

पोखरेलले बुधबार दिउँसो प्रदेश प्रमुखलाई भेटेर राजीनामा बुझाएको सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताए ।

संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतका आधारमा मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा

१६८ को २ बमोजिम सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिएका हुन् ।

सरकार अल्मतमा रहेको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध साउन १९ गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो ।

विपक्षी दलका ३४ प्रदेशसभा सदस्यको समावेदनअनुसार प्रदेशप्रमुख शेरचनले बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभाको

विशेष अधिवेशन आह्वान गरेका छन् ।

प्रदेशप्रमुख शेरचनले संविधानविपरीत विशेष अधिवेशन आह्वान गरेको भन्दै प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री लीला गिरीले

अधिवेशन फिर्ताको माग राखी सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेका छन् । मंगलबार हेर्न नभ्याइनेमा परेको उक्त

रिट बुधबार पनि पेसीको आठौं नम्बरमा रहेकाले अधिवेशन स्थगित हुने सम्भावना नदेखेपछि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।

यसअघि बुधबार बिहान ८ बजे मुख्यमन्त्री निवासमै बसेको एमाले संसदीय दलको बैठकले सर्वोच्चको आदेश पर्खने र आदेश

नआएको खण्डमा विशेष अधिवेशन सामना गर्ने वा राजीनामा दिने भन्ने निर्णयको अधिकार मुख्यमन्त्री पोखरेललाई नै दिएको थियो ।

संसदीय दलको बैठकमा विशेष अधिवेशन बहिष्कार गर्ने विषयमा पनि छलफल भएको प्रदेशसभा सदस्यहरूले बताए ।

बैठकमा बहुमत नपुग्ने अवस्था देखिएपछि राजीनामा दिँदा नै राजनीतिक जित हुने भनी केही सदस्यले सुझाव दिएको बताइएको छ ।

संसदीय दलको बैठकपछि पोखरेलले मुख्यमन्त्री निवासमै मन्त्रिपरिषद् बैठक पनि डाकेका थिए । उक्त बैठकमा पनि

मन्त्रीहरूको सुझाव सुनेका उनले त्यसलगत्तै प्रदेशप्रमुख शेरचनसमक्ष राजीनामा दिएका हुन् ।

अब प्रदेशप्रमुखले सरकार गठनको आह्वान गर्नेछन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीको राजीनामा स्वागतयोग्य रहेको

प्रतिक्रिया दिएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले राजीनामा स्वागतयोग्य रहेको जनाउँदै अब कसरी अघि बढ्ने भन्ने

विषयमा गठबन्धनले छलफल गरिरहेको बताए ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य छन् । तीमध्ये सभामुखसहित विपक्षी गठबन्धनमा ४२ र एमालेमा ३८ जना छन् ।

यसअघि पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै कारबाहीमा परेका जसपाका तीन मन्त्रीमध्ये भौतिक

पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेयले पनि मंगलबार बेलुकी राजीनामा दिएका थिए । साभार : कान्तिपुर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button