समाचार

देशभर पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा संक्रमण पुष्टि,३० जनाको मृत्यु

गण्डकी खबर । देशभर पछिल्लो २४ घण्टामा नेपालमा थप ३४८१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ६५६ जनामा परीक्षण गर्दा पीसीआरबाट १०,९०७ र

एन्टिजेनबाट ५,७४९ जनाको परीक्षण गर्दा पीसीआरबाट २६१६ र एन्टीजेनबाट ८६५ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ७ लाख २३ हजार २९६ जना र एन्टिजेन विधिबाट

७२ हजार ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

२४ घन्टामा थप १,८८५ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भईसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप ३० जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा संक्रमण बाट  १० हजार १८० जनाको मृत्यु भएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button