गण्डकी खबर । जिल्लाको इस्मा र मालिका गाउँपालिकामा चट्याङबाट दुईजनाको ज्यान गएको छ । चट्याङले इस्मा
गाउँपालिका वडा ४ का ११ वर्षीय राहुल गन्धर्वको ज्यान गएको छ।
उनी घरमै बसिरहेका थिए ।
त्यस्तै मालिका २ पाटाखर्ककी २८ वर्षीया कमला प्रतेलको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पान्डेयले जानकारी दिए ।
प्रतेलको घर समेत चट्याङले ढलेको छ ।
चट्याङले मृतक गन्धर्वका बुवा ४२ वर्षीय राम बहादुर गन्धर्व, मालारानीकी २४ वर्षीया रुपा र ९ वर्षीय किस्मत नेपाली, ढाँडकी
१७ वर्षीया राधा खत्री, २३ वर्षीया गोमा खत्री र २४ वर्षीया शर्मिला खत्री घाइते भएको पान्डेयले बताए ।
घाइतेमध्ये राम बहादुर, रुपा र किस्मतको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।