गण्डकी खबर । स्याङ्जामा कोरोना संक्रमितहरुको रेखदेखमा खटिएका एक प्रहरी हवलदारको कोरोना संक्रमण कै कारण मृत्यु भएको छ ।
गुल्मीको मालिका गाउँपालिका अर्जे घर भइ स्याङ्जाको रत्नपुर चौकीमा कार्यरत ३६ वर्षीय प्रहरी हवलदार अस्मित पोखरेलको
कोरोना संक्रमणबाट निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदम राज थापाले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक थापाका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि भैरहवा मेडिकल अस्पताल पुगेर स्वास्थ्य जाँच गर्ने क्रममा
पोखरेलमा साउन २० गते कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि हुनासाथ २० गते नै नेपाल प्रहरी अस्पताल काठमाण्डौमा उपचारका लागि पुग्नुभएका पोखरेलको उपचारकै क्रममा
साउन २५ गते मृत्यु भएको प्रहरी निरीक्षक थापाले पोखरा न्यूजलाई बताउनुभयो।
पोखरेल रत्नपुरमा सञ्चालित आइसोलेसनमा कोरोना संक्रमितहरुलाई रेखदेख गर्ने तथा संक्रमितहरुलाई उपचारको लागि
अस्पतालसम्म ल्याउने लैजाने कार्यमा अग्रसर हुनुहुन्थ्यो ।
कोरोना संक्रमितहरुको रेखदेखकै क्रममा संक्रमण पुष्टि भएका रत्नपुर चौकीका अन्य ४ जना प्रहरी कर्मचारीहरूको हिजो
बुधबार नतिजा नेगेटिभ आएपछि ड्युटीमा फर्किएको प्रहरी निरीक्षक थापाले जनाउनुभयो ।