गण्डकी खबर । गायिका समिक्षा अधिकारी उच्च शिक्षाको लागि पोखरा स्थित स्पाइरल ग्यालेक्सी एकेडेमी मा . वि. मा
आउने भएकी छन् ।
हाल एसईई परीक्षा उत्तीर्ण गरेकी समिक्षा कक्षा ११ मा स्पाइरल ग्यालेक्सीमा व्यवस्थापन संकायमा भर्ना हुन भएको स्पाइरल
ग्यालेक्स विद्यालयका प्राचार्य सन्तोष गुरुङ बताए ।
समिक्षा अहिले कि निकै ब्यस्त र लोकप्रिय गायिका हुन। हरेक हप्ता अधिकारीको २र३ वटा गीतहरु बजारमा आएका हुन्छन्।
कास्कीको लाहाचोकमा स्थाई घर भएकी समिक्षाले ूफेरि कहाँ आउँछ र घुमेर यो बालपानको उमेरू भन्ने गीत बाट गायन
क्षेत्रमा प्रवेश गरेकी हुन।
पहिलो गीतबाटनै चर्चामा आयकी समिक्षाले त्यसपछि कहिल्यै पछाडी फर्केर हेर्नू परेन। सुमधुर स्वरकी धनी समिक्षाले छोटो
समयमा नै गायनको क्षेत्रमा आफ्नो छुट्टै विशेष पहिचान गराउन सफल भएकी छन् ।
समिक्षाले चौतारीमा सोल्टी ज्यू, माया मारेर, नबोली नबोली, पछ्यौरी लिस्यो, तिम्रै मायाले,माया देकै हो, हङकङको साडी २
जस्ता थुप्रै सफल गीतहरु गायकी छन् । जादुमय स्वरकी धनी समिक्षा अधिकारीले थुप्रै स्टेज कार्यक्रमहरु पनि गरेकी छन् ।
उमेरले भर्खर १७ टेकेकी समिक्षाले थुप्रै लोक गीत, आधुनिक गीत, दोहोरी गीत तथा तिज गीतहरुमा आफ्नो आवाज दिएकी छन् ।
पोखरा स्थित सिम्पानिमा अवस्थित स्पाइरल ग्यालेक्सी एकेडेमी मा।वि पोखराको सफल विद्यालय मध्ये एक हो।
ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय विद्यालय पुरस्कारबाट समेत सम्मानित भएको स्पाइरल ग्यालेक्सी मा कक्षा ११ र
१२ मा बिज्ञान र व्यवस्थापन संकायमा अध्ययन अध्यापन हुन्छ। समिक्षा अधिकारी आउने भएसी विद्यालयको गरिमा झन उच्च
भएको विद्यालयका एकेडेमीक विभाग प्रमुख सुमन पौडेलले बताए ।
साथै विद्यालयका प्रबन्ध निर्देशक यमकृष्ण पौडेल र संस्थापक रशिक बडगामिले पनि समिक्षाको आगमन प्रती खुशी व्यक्त गरे ।
आफ्ना दाइ दिदिहरु पनि स्पाइरल मै पढेको, आफू पहिलापनि धेरै पटक स्पाइरल आउने गरेको र त्यहाँका केही शिक्षक तथा
विद्यार्थीहरु संग राम्रो चिनजान भएको साथै विद्यालयको पनि धेरै चर्चा सुनेकोले आफुले स्पाइरल ग्यालेक्सी रोजेको गाईका
समिक्षा अधिकारीले बताइन् ।
श्रोत: समय नेपाल