गण्डकी खबर । पोखराको उत्तमचोकमा रहेको बत्तीसचर्च पछाडिको घरमा फ्ल्याट भाडामा लिएर जुवातास खेलाउने र खेल्ने
१३ जना साढे तीन लाख रुपैया नगदसहित प्रहरीको नियन्त्रणमा परेका छन् ।
पोखरा महानगरपालिका १० उत्तमचोकस्थित बत्तीसचर्च पछाडि ईश्वरी पौडेलको घरकाे फ्ल्याट भाडामा लिई बस्ने सरु
गुरुङसहित १३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
बुधबार दिउसो साढे ४ बजेको समयमा प्रहरी टोलीले उक्त स्थानबाट तास खेलिरहेका अवस्थामा फ्ल्याट भाडामा लिई बस्ने सरु
गुरुङसहित १३ जना व्यक्तिहरुलाई नगद ३ लाख ५१ हजार ५४० रुपैया र तास सहित नियन्त्रणमा लिएको हाे ।
उनीहरुका विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको वडा प्रहरी कार्यालय रामबजार कास्कीले जनाएको छ