समाचार

जङ्गली हात्तीको आ.क्रमणबाट एक जनाको मृत्यु

गण्डकी खबर । सुनसरीको कोशी गाउँपालिका– ४ मा आज जङ्गली हात्तीको आ’क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीय रामेखङ खत्वे रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

बिहान शौच गर्न गएको बेलामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको थियो । आ’क्रमणबाट खत्वेको

घटनास्थलमै मृत्यु भएकाले शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

पछिल्लो समय आरक्षबाट राति तथा दिउँसो निस्कने हात्तीले दैनिक आ.तङ्क मचाउँदै आएको छ । हात्तीले स्थानीयवासीका

बालीनाली नष्ट गर्नाका साथै घर टहरासमेत नष्ट गरेको कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताउनुभयो ।

आरक्ष आसपास क्षेत्रमा हात्ती आतङ्क नियन्त्रणका लागि पटकपटक स्थानीयवासीले माग गर्नाका साथै आन्दोलनका कार्यक्रम गरे पनि

अहिलेसम्म सम्बन्धित निकायले चासो नदिएको जङ्गली जनावर पीडित सङ्घर्ष समितिका अध्यक्ष पञ्चनारायण मण्डलले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button