समाचार

सबै विद्यार्थीलाई खोप दिएर मात्रै परीक्षा दिने वातावरण बनाउन सांसदको माग

गण्डकी खबर । सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै

विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कक्षा १२ को परीक्षा पूर्वतयारीबिना स्थगित गरिएको र विश्व

विद्यालय अन्तर्गत विभिन्न तहको परीक्षाको मुखमा रहेका विद्यार्थीले परीक्षा दिने वातावरण सिर्जना गर्न माग गर्नुभयो । साथै

उहाँहरुले परीक्षार्थीलाई खोपको व्यवस्था गर्न वा वैकल्पिक विधिद्वारा परीक्षा दिने वातावरण बनाउन पनि सराकार समक्ष माग गर्नुभयो ।

सांसद उदया शर्मा पौडेलले पूर्वतयारीबिना कक्षा १२ को परीक्षण स्थगित गरी करिब चार लाख परीक्षार्थीको भविष्य अन्योलमा

परेकामा चिन्ता व्यक्त गर्दै विद्यार्थीको मनोविज्ञानलाई असर नगर्नेगरी परीक्षार्थीलाई खोपको व्यवस्था गरी परीक्षामा सामेल हुने

वातावरण बनाउन माग गर्नुभयो ।

सांसद कोमल वलीले शिक्षामन्त्री नियुक्तिमा ढिलाइ भएकाले समग्र शिक्षा क्षेत्रमा अन्योल छाएको टिप्पणी गर्दै विद्यार्थीलाई खोप

लगाएर या वैकल्पिक विधिद्वारा भए पनि परीक्षा दिने वातावरण बनाउन सरकार समक्ष माग गर्नुभयो । “कोभिड महामारीका

कारण शिक्षा क्षेत्रमा अन्योलता छाएको छ ।

विद्यार्थीले अनलाई माध्यमबाट अध्ययन गरेपनि परीक्षा दिन पाएका छैनन् यसमा सरकारले विशेष ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो ।

सांसद अनिता देवकोटाले नेपालको नक्सामा समेटिएको लिम्पयाधुरा, कालापनी, लिपुलेकको जमिन फिर्ता ल्याउन

कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गर्नुभयो । सांसद इन्दु कडरियाले सामाजिक सुरक्षा भत्तामा विभेद् भएको तथा दलित र

गैरदलितबीचको दुरी बढाएको भन्दै सामाजिक सुरक्षाभत्ता ६० वर्ष पुगेका नागरिकलाई दिने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद ठगेन्द्रप्रकाश पुरीले बाढीपहिरोले बर्सेनि प्राकृतिक विपत्तिका घटना बढेको तथा वनजङ्गल अतिक्रमण भइरहेकोमा

चिन्ता प्रकट गर्दै यसको दीर्घकालीन समाधानका लागि भू–उपयोग नीतिलाई तत्काल कार्यान्वयनमा ल्याउन माग गर्नुभयो ।

सांसद तारादेवी भट्टले भीमदत्त नगरपालिकाको नगर शिक्षा समितिले दरबन्दी मिलानको नाममा नियमविपरित शिक्षकको

सरुवा गर्ने गरेकोमा आपत्ति जनाउँदै यस किसिमका कार्य तत्काल बन्द गर्न माग गर्नुभयो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button