गण्डकी खबर । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता
समेत रहेका केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
केसीलाई काँग्रेस, जनमोर्चा र जसपा समेतको समर्थन रहेको छ ।
आजै चार दलका ४२ सदस्यहरुले केसीको नाममा आफूहरुको समर्थन रहेको भन्दै
प्रदेश प्रमुख समक्ष दावेदारी प्रस्तुत गरेका थिए ।
यसअघि संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा
बढी दलको बहुमत पु-याएर नयाँ सरकार गठनका
लागि दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका थिए।
शंकर पोखेरलको बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो ।
नवनियुक्त मुख्यमन्त्री केसी रोल्पा १ (क)बाट निर्वाचित भएका थिए ।
प्रदेश प्रमुखले केसीलाई मुख्यमन्त्री नियुक्त गरेसँगै अपरान्ह ४ बजे शपथ ग्रहण गराउने तयारी छ ।