गण्डकी खबर । पछिल्लाे २४ घण्टामा पोखरा महानगरपालिकाका थप ७ जनाको कोरोना संक्रमणका कारण अस्पतालमा
उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार पुष्टि गरेको छ ।
कास्कीको पोखरा २९ का ५२ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा बिहीबार मृत्यु भएको छ ।
उहाँलाई साउन १८ गते संक्रमण पुष्टि भएको थियो ।
पोखरा १४ का ६४ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा बिहीबार मृत्यु भएको छ ।
उहाँलाई साउन २८ गते संक्रमण पुष्टि भएको थियो ।
पोखरा १३ का ७६ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा बिहीबार मृत्यु भएको छ ।
उहाँलाई साउन २१ गते संक्रमण पुष्टि भएको थियो ।
पोखरा १५ का ६० वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा बुधबार मृत्यु भएको छ । उहाँलाई बुधबार नै संक्रमण पुष्टि भएको थियो ।
पोखरा १६ का ८५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा बुधबार मृत्यु भएको छ ।
उहाँलाई साउन १८ गते संक्रमण पुष्टि भएको थियो ।
पोखरा ३३ का ७६ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा बुधबार मृत्यु भएको छ ।
उहाँलाई साउन ९ गते संक्रमण पुष्टि भएको थियो ।
पोखरा १० का ५३ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा बुधबार मृत्यु भएको छ ।
उहाँलाई साउन २२ गते संक्रमण पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार १६१ पुगेको निर्देशनालयले जनाएको छ ।
विवरण यस्तो छः