गण्डकी खबर । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ५८२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा
३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ११ हजार ७०८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार
८७४जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ०२ हजार ५६६ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप २७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ ।