सिमकोट, २९ मंसिर। हुम्लाको सर्केगाड गाउँपालिका-५ गोटी गाउँ नजिक रहेको नमस्तेको टावरमा खराबी आउँदा सो क्षेत्रका
नागरिक टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।
टावरमा २३ गते बुधबारदेखि समस्या देखिएको सर्केगाड गाउँपालिका-४ का स्थानीय जसबहादुर शाहीले बताए । टावरमा
खराबी आउँदा सर्केगाड गाउँपालिकाको केन्द्र रहेको सर्केगाड बजार, वडा नम्बर १ को गोटी गाउँ, दल्ली, साँया, रोडीकोट,
राहादेउ, पुमा, मेल्छामलगाएत क्षेत्रका सेवाग्राही टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।
टेलिफोनले काम नगर्दा यतिखेर १ घन्टाको टाढा मुन्डीडाँडा पुगेर फोन गरेको किर्डाक नेपालमा कार्यरत ज्ञानेन्द्र पन्तले बताए ।
नेपाल टेलिकम हुम्लाले भने युपिएच मोडिम बिग्रेको हुँदा यस्तो समस्या आएको बताएको छ ।
उक्त सामग्री सुर्खेतबाट मगाइसकेको र आई पुगे टेलिफोन सुचारु हुने कार्यालयले जनाएको छ । गाउँपालिका उपध्याक्ष जोसी
धामीले नेपाल टेलिकम हुम्ला शाखालाई मर्मतको लागि भनिसकेको र सामान नभएकाले मर्मतमा ढिलाइ भएको बताएका छन् ।