गण्डकीसमाचार

प्रधानमन्त्री कपका लागि गण्डकीले सुरु गर्‍यो छनोट खेल

पोखरा, ९ पुस । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशले छनोट खेल सुरु गरेको छ ।

काठमाडाैंमा हुने प्रतियोगितामा प्रदेशबाट सहभागी हुने खेलाडी छान्न जिल्लाबाट टोली झिकाएर पोखरामा प्रतिस्पर्धा गराइएको हो । उद्घाटन खेलमा कास्कीले तनहुँमाथि ४ विकेटको जित निकालेको छ ।

खेलमा पहिला व्याटिङ गरेको तनहुँले निर्धारित ४० ओभर खेल्दै १ सय ८० रनको योगफल तयार पार्‍यो । तनहुँका अभिषेक बस्नेतले सर्वाधिक ७० रन बनाए । जितका लागि १ सय ८१ रनको लक्ष्य पछ्याएको कास्कीले ३० ओभर ४ बलमा ६ विकेट मात्रै गुमाएर लक्ष्य पूरा गर्‍यो ।

कास्कीका अनिल गुरुङले ७० तथा विद्यान श्रेष्ठले ६६ रन जोडे ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले खेलाडी निश्चित लक्ष्यका साथ खेल क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए । प्रतियोगितामा कास्की, तनहुँ, स्याङजा र नवलपुर गरि ४ टिमको सहभागिता छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button