पोखरा ,१० पुष । कास्की प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. ७ बाट ५४ एम्पुल लागुऔषधसहित पोखरा १७ ड्यामसाइड बस्ने ३५ वर्षीय दीपक भारती र बुटवल – ४ घर भई पोखरा १६ जैमुरी चोक बस्ने ३२ वर्षीय अनिल खड्की लागुऔषधसहित पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।
प्रहरीले भारतीको साथबाट डाइजापाम -१८ एम्पुल, फेनारगन-१८ एम्पुल र नर्फिन १८ एम्पुल बरामद गरेको छ । पक्राउ परेका भारतीलाई लागुऔषध मुद्दामा जिल्ला अदालतबाट दश दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी तिवारीले जनाउनुभयो ।
खड्कीको साथबाट नाइट्रोभेट ८०५ चक्की, डाइजापाम-२१ एम्पुल, फेनारगन-२० एम्पुल र नर्फिन-२१ एम्पुल बरामद भएको डिएसपी तिवारीले उल्लेख गर्नुभयो ।
खड्कीलाई जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित