देश/ समाजसमाचार

हुम्ला अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

हुम्ला, ९ माघ। हुम्ला जिल्ला अस्पतालका आठ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखीएपछि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरेको छ । जिल्ला अस्पताल हुम्लाले गएको शुक्रबार एकैपटक गरिएको परिक्षणमा अस्पताल हुम्लाका आठजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको हो ।

स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचना टाँस गरेर सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् ।

जिल्ला स्वास्थ सुरक्षा समितीको बैठककाे निर्णयअनुसार जिल्ला अस्पताल हुम्लामा आकस्मिकबाहेक अस्पतालबाट प्रदान हुने सबै प्रकारका सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button