देश/ समाजसमाचार

एमाले लमजुङको पहिलो बैठक घलेगाउँमा

लमजुङ, २० माघ। नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको पहिलो बैठक स्मार्ट भिलेज घलेगाउँमा बस्ने भएको छ । एमाले लमजुङको पदाधिकारीको बैठकले २८ माघमा क्व्होलासोंथर गाउँपालिका ३ मा रहेको स्मार्ट भिलेज घलेगाउँमा पहिलो बैठक बस्ने निर्णय गरेको हो ।

पहिलो बैठकले जिम्मेवारी बाँडफाँट, सचिवालय गठनलगायतको निर्णय गर्ने अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । अहिले जिम्मेवारी बाँडफाँट नभएकाले आफू रहेको भूगोलमा स्थानीय पालिका कमिटीसँग समन्वय गरी पार्टीको काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिएको अध्यक्ष अधिकारीले बताए ।

कोरोना संक्रमण जोखिम रहेकाले उच्च सतर्कता अपनाउँदै नेपाल सरकारले तोकेको मापदण्डमा रहेर पार्टीका काम कारवाही अगाडि बढाउन पनि अनुरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button