अर्थ व्यापारसमाचार

सुनको मूल्य पाँच सय रुपैयाँले बढ्यो

काठमाडौँ, २० माघ। नेपाली बजारमा बुधबार सुनकाे मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार सात सय रुपैयाँ कायम भएको छ । बुधबार भने छापावाल सुन प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि त्यही मूल्यमा किनबेच भएको महासंघले जनाएकाे छ । ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button