अर्थ व्यापारदेश/ समाजसमाचार

घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको भिड

लमजुङ, २२ माघ। लमजुङको घलेगाउँमा हिउँ परेपछि हिउँ खेल्ने आन्तरिक पर्यटकको ओईरो लागेको छ । बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ खेल्न सदरमुकाम बेसीशहर लगायतको क्षेत्रबाट आन्तरिक पर्यटकको ओईरो लागेको हो ।

वर्षाका कार०ा लमजुङका सबैजसाे अग्ला स्थानमा हिउँ सजिलै देख्न सकिन्छ । हिमपातका कारण सार्क नमुना पर्यटकीय घलेगाउँ र पर्यटकीय गाउँ कल्मेडाँडामा चहलपहल बढेकाे छ । कोरोना संक्रमण जोखिमका कारण सुनसान बनेका पर्यटकीय गन्तव्यहरूमा पर्यटक बढेसँगै स्थानीय पर्यटन व्यवसायी खुशी भएका छन् ।

हिमपातसँगै चिसो अत्याधिक बढेको र चिसोका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएको घलेगाउँका विष्णुमाया घले बताउँछिन् । तर, अहिलेकाे हिमपात र बालिनाली सप्रिने भएकाले किसानहरू भने खुसी भएका छन् । सुख्खा जमिनमा हिमबर्षा हुँदा सिंचाई पुग्नुका साथै जडिबुटी समेत उम्रने स्थानीय गमल बिकको भनाइ छ । घलेगाउँसँगै मस्र्याङदीको सिउरुङ, हर्सिङडाँडा, बेसीशहर नजिकैको वनक्षेत्र, दुधपोखरी, दोर्दीको माथिल्लो भेगलगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ । बाक्लो हिमपातका कारण हरियो जंगल र काला पहाड पुरै सेताम्मे देखिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button