गण्डकीसमाचार

नेकपा एसले एमसीसीविरुद्ध आज पोखरामा विरोध प्रदर्शन गर्ने

कास्की । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले एमसीसीको विरोधमा आज  पोखरामा प्रदर्शन गर्ने भएको छ ।

एमसीसीविरुद्ध फागुन १ गते दिउँसो २ बजे देशका ७७ वटै जिल्लामा एकै पटक प्रदर्शन गर्ने भन्ने पार्टीको केन्द्रीय सर्कुलर अनुसार कास्कीमा पनि प्रदर्शन गर्न लागिएको हो ।

कास्कीमा शनिबार सम्पन्न नेकपा एस सम्बद्ध मोर्चा संगठनहरुको संयुक्त बैठकले आज आइतबार पोखराको चिप्लेढुंगामा एमसीसीविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पूर्ण लामाले जानकारी दिनुभयो ।

जिल्लामा उपलब्ध पार्टीका स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य तथा विभिन्न जन वर्गीय संगठनका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न बैठकको निर्णय अनुसार आज १ बजे पोखराको चिप्लेढुंगाको मानवअधिकार चोकबाट र्‍याली सहित विरोध प्रदर्शन गरिने र २ बजे महेन्द्रपुलमा पुगेर कोणसभाको आयोजना हुने उपाध्यक्ष लामाले बताउनुभयो ।

बैठकमा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङ, पोलिटब्युरो सदस्य श्री नाथ बराल, केन्द्रीय सदस्य रत्ना गुरुङ, जिल्ला अध्यक्ष धनराज आचार्य लगायतले एमसीसी सम्झौता राष्ट्रको हितमा नरहेको भन्दै यही अवस्थामा कुनै पनि हालतमा एमसीसी टेबल हुन् नहुने बताउनुभयो ।

बैठकले फागुन २ गते बस्न लागेको संसद् बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रघाती सम्झौता एमसीसी टेबल गर्न चाहेको भन्दै त्यसका विरुद्ध दबाब सिर्जना गर्न पनि विरोध प्रदर्शनमा सहभागी हुन् सम्पूर्ण राष्ट्र प्रेमी जनसमुदायमा अपिल समेत गरेको छ ।

आदिवासी जनजाति महासंघका केन्द्रीय सचिव डीबी राईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पूर्ण लामाको अध्यक्षतामा सम्पन्न भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button